काठमाडौं भैरहवा गरिरहने म प्राय रात्रीकालिन यात्रा गर्न मन पराउँछु । साँझको ८ बजे काठमाडौंबाट छुटेको बस करिब ११:३० मा बजारको भिडभाड छोडेर एउटा मात्र होटल भएको ठाउँमा खाना खान रोक्छ । शायद बस र होटलको समन्वय भएको हुनुपर्छ । कोहि खाना खान थाल्छन् , कोहि चाउचाउ बिस्कुट अन्य अन्य त कोहि चिया पिउन थाल्छन् । म प्राय यात्रामा खाना खाँदिन त्यसैले म पनि चिसो छ एक कप चिया नै पिउँछु भनेर चियातिर उभिएर चिया अर्डर गर्न थाल्छु तर व्यापारी निकै बिजि हुन्छन् मेरो अगाडी विदेशी छन् हिन्दि बोल्छन् बंगलादेशका या त श्रीलंकाका जस्ता देखिन्छन् ति पर्यटक सँग ५ कप चियाको रु.५०० लिइन्छ तर चिया कपमा पनि होइन रहेछ सानो साइजको कागजवाला कफि गिलास पो रहेछ । मलाई अचम्म लाग्यो पर्यटक चिया लिएर गएपछि मैले एक कप चियाको कति हो भनेर सोधेँ पसले ५० रुपैयाँ भन्दै अरु अर्डर लिन लागे सम्पुर्ण खर्च जोडेर एक कपमा बढिमा रु १० लगानी हुन्छ । चियामा यति छ खानामा कति होला ? हुन त रातीको बेला कतिओटा बस रोकिन्छ ? कतिले खाना खाँदैनन् होला तेहि भएर मुल्य बढि होला तर चियामा दुध फ्याँकिन्छ भन्ने हुँदैन । एउटामात्र होटल छ , खाए खा नखाए घिच कुनै विकल्प छैन । म यत्तिकै अल्मल्ल पर्दै बसमा फर्किन्छु । मेरो मनमा कुरा खेलिरहन्छ -: जब कन्ट्याक्टमा काम हुन्छ भने पहिले नै गाडिबाट नै अर्डर लिएर सुपथ मुल्यमा ताजा ताजा खान दिए कति हुन्थ्यो ! अनि १ सानो गिलासको चियाको मुल्य रु.५० देखि १०० सम्म लिने ? हामी घरदेखि निस्किएर घर फर्किँदा सम्म हुने यस्तै घटनाक्रमहरु नै शुसासनको मापक हो । 🙏🇳🇵🙏